उदयपुर । उदयपुरको त्रियुगा र कटारी नगरपालिका सहित २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्रियुगा नगरपालिकामा ५ महिला र ५ पुरुष, कटारी नगरपालिकामा ५ महिला र ८ पुरुष गरी २३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए ।
उदयपुर जिल्लाको हकमा अहिलेसम्म कै सवै भन्दा बढी कोरोना संक्रमित देखिएको यो पहिलो घटना हो । जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्ग बहादुर परियार (दर्नाल)को श्रीमति, छोरी र आमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेहरुमा त्रियुगा नगरपालिकाका ५ महिला र ५ पुरुषमा संक्रमण देखिएको छ । संक्रमित हुनेमा त्रियुगा नगरपालिका ११ का ३० वर्षिय महिला, १४ वर्षिय बालिका, ६९ वर्षिय वृद्धा र ३१ वर्षिय पुरुष रहेका छन् । यस्तै त्रियुगा नगरपालिका १३ का २३ र २४ वर्षिय पुरुष, त्रियुगा नगरपालिका १० का ३८ वर्षिय महिला, ३६ र ३९ वर्षिय पुरुष पनि संक्रमित भएका छन् । यस्तै त्रियुगा नगरपालिका १२ का ३३ वर्षिय महिलामा पनि कोरोन संक्रमण पुष्टि भएका छन् । संक्रमित सवै कन्ट्राक्ट ट्रेसिङका आधारमा कोरोना संक्रमण पुष्टि भएका हुन् ।
यस्तै कटारी नगरपालिकामा १७ वर्षदेखि ६५ वर्षिय उमेर समूहका व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । संक्रमित हुनेहरुमा कटारी नगरपालिका ३ का १७ र ५० वर्षिय पुरुष, १९ र ४५ वर्षिय महिलामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै कटारी नगरपालिका ४ का २७, ३२ र ५५ वर्षिय पुरुष, ३७, ३८ र ५० वर्षिय महिलामा कोरोना संक्रमण भएको छ ।
यस्तै कटारी नगरपालिका ५ का ३५ र ६५ वर्षिय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
आजै मात्रै जिल्ला अस्पताल बोक्से र स्वास्थ्य कार्यालय उदयपुरका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उदयपुरमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १ सय ९६ पुगेको छ ।

तपाईको प्रतिक्रिया