उदयपुर । उदयपुरमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल र स्वास्थ्य कार्यालय गरी ६३ जनाको स्वाब संकलन गरेमा २६ र ४५ वर्षिय दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
जिल्ला अस्पताल बोक्सेका स्वास्थ्यकर्मी र स्वास्थ्य कार्यालय उदयपुरका कार्यालय सहयोगीमा कोरोना संक्रमण पुष्टि भएको हो । थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ५३ महिलासहित १ सय ७२ पुगेको छ ।

तपाईको प्रतिक्रिया