उदयपुर । नेपाल प्रहरीले आज आफ्नो ६५ औँ प्रहरी दिवस र अमर प्रहरी दिवस मनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरमा कोरोना कहर विच प्रहरी दिवस मनाएका छन् ।
जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी चक्रमणि पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राजनीतिक दलका प्रमुख लगायतको उपस्थितिमा दिवस मनाएका हुन् ।

Gepostet von Nagarik Bahas नागरिक बहस am Freitag, 16. Oktober 2020

यस्तै यस वर्ष उत्कृष्ट कार्य सम्पादन गरेका प्रहरीलाई सम्मान गरेका थिए । यस्तै प्रहरी दिवसका अवसरमा पूर्व एवम् अमर प्रहरी परिवार र बहालबाला प्रहरी कर्मचारीका सन्ततीलाई सम्मान गरेका थिए ।
यस्तै रस्सा तान प्रतियोगिदामा प्रथम र दोस्रोलाई पुरस्कृत गर्नुको साथै पाँच किलो मिटर दौड प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्नेलाई प्रमाण पत्र प्रदान गरेको थियो ।
फोटो फिचर सहित

 

Gepostet von Nagarik Bahas नागरिक बहस am Freitag, 16. Oktober 2020

तपाईको प्रतिक्रिया