उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाको स्वास्थ्य चौकी बेल्टारमा कार्यरत ४ स्वास्थ्यकर्मी सहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेमा स्वास्थ्य चौकीका ३० वर्षिय पुरुष, २५, ३७ र ३७ वर्षिय महिला हुन् । ३० वर्षिय पुरुष हेल्थ असिस्टेण्ट हुन भने अरु तीन जना महिला अनमी हुन् ।  स्वास्थ्य चौकीका चिकित्समा कोरोना देखिएपछि उनीहरु क्वारेन्टाइनमा रहेका थिए ।
यस्तै चौदण्डीगढी नगरपालिका २ का वडा सचिवसँग सम्पर्कमा रहेका ३० वर्षिय महिला, ३० र ३५ वर्षिय पुरुष रहेका छन् । उनीहरु सवैलाई बेल्टार सातधारेको उदयपुर कोभिड १९ अस्पतालमा उपचारको लागि पठाईएको चौदण्डीगढी नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया