उदयपुर । उदयपुरको बेलका नगरपालिकामा एक प्रहरी सहित थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । दुई महिला र एक पुरुष गरि तीन जना संक्रमित भएको हो ।
असोज २२ गते ३२ जनाको स्वाब संकलन गरेको मध्ये रिपोर्ट अाउन बाँकी ८ जनामा ३ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए । संक्रमीत हुनेमा २८ वर्षिय पुरूष, २४ र १५ वर्षिय महिला रहेका छन । उनीहरुको सामाजिक मन्त्रालय प्रादेशिक जनसंख्या प्रयोगशाला विराटनगरले संक्रमण पुष्टी गरेको हो ।
इलाका प्रहरी कार्यालय रामपुरका २८ वर्षिय प्रहरी जवान, आँखा उपचार केन्द्र रामपुरका २४ वर्षिय स्वास्थ्यकर्मी र १५ वर्षिय युवती रहेका छन ।
१५ वर्षिय युवती बेलका नगरपालिका ४ का वडाध्यक्षका भान्जी हुन । बेलका नगरपालिका ९ का ४० वर्षिय पुरुष वडा सदस्य हुन् ।
उदयपुरमा कोरोना संक्रमितको संख्या ४९ महिला सहित १ सय ६४ पुगेको छ ।

तपाईको प्रतिक्रिया