उदयपुर । उदयपुरको विभिन्न ठाउँमा अवैध रुपमा लगाईएका र आफै उम्रिएका साढे ३१ हजार गाँजा प्रहरीले फडानी गरी नष्ट गरेको छ ।
बेलका नगरपालिका–७ को १ सय ७७ रोपनी क्षेत्रफलमा लगाईएका र आफै उम्रिएका गाँजा फडानी गरी जलाएर नष्ट गरेको हो ।
अवैध रुपमा लगाईएका गाँजा खेती नष्ट गर्ने अभियान अन्तर्गत यहि असोज २६ गते जिल्ला प्रहरी कार्यालय उदयपुर र ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटेका संयुक्त प्रहरी टोलीले गाँजा नष्ट गरेको प्रहरीले जनाएको छ । टोलीले बेनपा–७ मा २९ हजार ९ सय ५ बोट गाँजा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
त्यस्तै प्रहरी चौकी रुपाटारबाट खटेका प्रहरी टोलीले ताप्लि गाउँपालिका–५ मा आफै उम्रिएका १ हजार ५ सय बोट गाँजा नष्ट गरेको छ ।
त्यस्तै प्रहरी चौकी रामपुर झिल्केबाट खटेको प्रहरी टोलीले ताप्लि गाउँपालिका–३ ईनामेमा ४० बोट गाँजा नष्ट गरेको जिप्रका उदयपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया