काठमाडौं। द उदयपुर मिट मार्टले दशैलाई लक्षित गरि मासुमा दशैं अफर ल्याएको छ । मनमुरी कृषि सहकारीमा संचालित द उदयपुर मिट मार्टले दशैंमा लोकल खसी, कुखुरा, हाँस, कालिज लगायतको मासु होम डेलिभरि गर्ने भएको छ।

काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका ८ स्थित गोठाटारको कृषी उपज बजारमा संचालनमा रहेको द उदयपुर मिट मार्टले नजिकिदै बडादशै र चाडपर्वलाई लक्षित गरी सुलभ र सुपथ मूल्यमा दशै अफर ल्याको हो।

उदयपुर, खोटाङ, ओखलढुंगा, सिन्धुली, रामेछाप, नुवाकोट, धादिङ साथै अन्य पहाडी जिल्लाहरूबाट प्रत्यक्ष कृषकले उत्पादन गरेका लोकल खसी, लोकल कुखुरा, हाँस, कालिज, बटाई र माछा खरिद गरेर थोक मुल्यमा उपत्यकाका भक्तपुर,ललितपुर र काठमाण्डौमा वितरण गर्न लागेको हो ।

मार्टले हाल पनि मासुको होम डेलिभरी गरिरहेको छ । मार्ट संचालक उदयपुरका युवा उद्यमी दौलत विक्रम राउतका अनुसार कृषि उद्यमको रुपमा बिकास गर्ने मेरो लक्ष्य हो, द उदयपुर मिट मार्टले ग्राहकको चाहना अनुरुप स्वच्छ तथा सफा मासु ग्राहककै अर्डर अनुसार दिनमा कुनै पनि कन्जुस्याई गर्दैनौं । उनका अनुसार मिट मार्टमा गाउँले पाराले भाग लगाएको मासु पनि पाइन्छ । विवाह, ब्रतबन्धन, सेमिनार, होटर रेस्टुरेन्ट तथा पार्टी प्यालेसमा पनि मासुको होम डेलिभरीको व्यवस्था रहेको छ ।

तपाईको प्रतिक्रिया