उदयपुर । मदन भण्डारी फाउण्डेशन जिल्ला कार्य समिति उदयपुरको अध्यक्षमा दुर्गानन्द चौधरीलाई जिम्मेबारी दिइएको छ । शनिबार फाउण्डेशनका प्रदेश नं. १ का कमिटी सदस्य तथा जिल्ला इन्चार्ज कालु लामाको अध्यक्षतामा भएको कार्यक्रममा ३७ सदस्य रहने गरी चौधरीलाई जिल्ला अध्यक्षको जिम्मेबारी दिइएको हो ।
उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः बसन्त पौडेल, विकास बन्जारा, कुमारी ज्यू ठकुरी र सीता पौडेल रहेकी छिन् ।
पदाधिकारी सहित पूर्णकला बन्जारा, दिनेश खड्का, कर्ण सुनाम, शम्भु प्रसाद शर्मा, रामाकान्त चौधरी, अश्विन कार्की, महेश राई र तिर्थ पराजुलीलाई सचिवालय जिम्मेबारी दिइएको छ ।

तपाईको प्रतिक्रिया