उदयपुर । उदयपुरमा सशस्त्र प्रहरीले करिव २ लाख ६६ हजार बराबरको अन्तः शुल्क स्टिकर र विल विजक नभएको सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं.५ गण हे.क्वा.त्रियुगा उदयपुरबाट खटिगएको मोवाईल गस्ती टोलीले बुधबार त्रियुगा नगरपालिका ६ लालपत्ताबाट उक्त मूल्य बराबरको सामान बरामद गरेको हो ।
सिरहाको लाहानबाट गाईघाट तर्फ आउँदै गरेको बा.५ ख ५२६२ नम्बरको हाईस गाडीलाई चेकजाँच गर्ने क्रममा अन्तः शुल्क स्टिकर नभएको करिव २ लाख बराबरको ९ बोरा अवैध सुर्तीजन्य बस्तु सशस्त्र प्रहरीले बरामद गरेको छ । यस्तै बिलबिजक नभएको करिव १८ हजार मूल्य बराबरको ६० थान प्लाष्टिकको बाल्टिन र करिव ४८ हजार मूल्य बराबरको ६ थान एलइडीको डिस्प्ले समेत सशस्त्र प्रहरीले बरामद गरेको थियो ।
बरामद गरेको सामान आवश्यक कारबाहीको लागि करदाता सेवा कार्यालय गाईघाट उदयपुरमा बुझाइएको सशस्त्र प्रहरी कार्यालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया