उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले शनिबार अवैध काठ सहित चार जनालाई पक्राउ गरेको छ । प्राकृतिक स्रोत साधनहरुको अबैध रुपमा हुने चोरी निकासी नियन्त्रण गर्ने अभियान त्रियुगा नगरपालिका २ का ५० वर्षिय कल्सु चौधरी, २८ वर्षिय अविर चौधरी, २६ वर्षिय सुरज थापा र अर्का २६ वर्षिय पवन खत्रीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई कङ सामुदायिक वन क्षेत्रबाट सखुवा जातको ४ क्यु.फिट काठ (चिरान ४ थान) चोरी गरी ल्याउदै गरेको विशेष सूचनाको आधारमा प्रहरी चौकी जोगिदहबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले बताए । पक्राउ परेकालाई आवश्यक अनुसन्धान प्रश्चात कारबाहीको लागि डिभिजन वन कार्यालय उदयपुर पठाएको जनाएको छ ।

तपाईको प्रतिक्रिया