उदयपुर । उदयपुरमा क्वारेन्टाइनमा रहेका थप एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । त्रियुगा नगरपालिका ३ स्थित जनता बहुमुखी क्याम्पस मोतिगडाको क्वारेन्टाइनमा भारतबाट आएका एक जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

संक्रमित त्रियुगा नगरपालिका १२ का २० वर्षिय युवक हुन् । उनी हप्ता दिन अघि भारतबाट नेपाल आएका थिए । उनलाई विपी कोइराला विज्ञान प्रतिष्ठानको प्रयोगशालाले संक्रमण पुष्टी गरेको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए । संक्रमितलाई उपचारको लागि उदयपुर कोभिड-१९ अस्पताल लगिएको छ ।

यस्तै उदयपुरमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ११८ पुगेको छ । संक्रमित मध्ये ११३ जना निको भएर घर फर्किएका छन भने एक ११ वर्षिय बालिका होम आइसोलेशन र ४ पुरुष उदयपुर कोभिड-१९ अस्पताल चौदण्डीगढी नगरपालिका ६ सातधारेको आइसोलेशनमा उपचाररत रहेका छन् ।

तपाईको प्रतिक्रिया