उदयपुर । उदयपुरको बेलका नगरपालिका ९ स्थित माछापुछ्रे सामुदायिक वनबाट अवैध सखुवा जातको काठ काटेको आरोपमा तीन जना पक्राउ परेको छ । प्राकृतिक स्रोत साधनहरुको अबैध रुपमा हुने चोरी निकासी नियन्त्रण गर्ने अभियान अन्तर्गत विहिबार करिव १ सय ८ क्युवी साल जातको काठ काटेको आरोपमा तीन जना पक्राउ परेको हो ।
बेलका नगरपालिका ९ कमलाबारी बस्ने ३० वर्षिय दिपेन्द्र राई र २२ वर्षिय राकेश राई र सोही नगरपालिका ४ गुरुङ चोरी बस्ने ३५ वर्षिय अर्जुन राईलार्य प्रहरीले पक्राउ गरेको छ ।

माछापुछ्रे सामुदायिक वनमा अबैध रुपमा सखुवा जातको काठ काट्दै गरेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट बिशेष प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जानकारी दिए । पक्राउ परेकालाई अनुसन्धान पश्चात आवश्यक कार्वाहीको लागि डिभिजन वन कार्यालय उदयपुर गाईघाटमा बुझाएको प्रहरीले जनाएको छ ।

डिभिजन वन कार्यालय उदयपुरका सहायक वन अधिकृत तथा सूचना अधिकारी जागेश्वर साहका अनुसार दुई वटा रुखको अन्दाजी १०८ क्युवी फुट काठ काटेको बताए । विहिबार देशै भरीका अदालतहरु बन्द रहेकोले शुक्रबार पक्राउ परेका सवैलाई म्याद थप गरी आवश्यक अनुसन्धान गरिने बताए ।

तपाईको प्रतिक्रिया