उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका ७ ढप्पर स्थित माटेखारी खोलाले बुधबार बेलुका आएको बाढीले बगाएर वेपत्ता भएका व्यक्तिको शव फेला परेको छ । बेलका नगरपालिका ५ मैनीका ५७ वर्षीय चुमानसिंह मगरको शव बिहिवार विहान मृत अवस्थामा शव फेला परेको छ ।
खोजतलासको क्रममा मगरको शव लगभग ३ किलो मिटर तल भुल्के स्थित खोला किनारमा भेटिएको प्रहरीले जनाएको छ ।
मृतक मगर आफ्ना दाजुसँग चौदण्डीगढी नगरपालिका ८ स्थित वाईतुङमा रहेका आफन्तहरुलाई भेट्नको लागि आउँदै गर्दा खोला तर्ने क्रमा बाढीले बगाएको थियो ।
बुधबार राति १२ बजेसम्म खोजतलास गर्दा फेला नपरेको पछि विहिबार विहान ३ किलो मिटर तल भुल्केमा स्थानीयको सहयोगमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
घटना मुचुल्का तयार गरी मृतकको शव पोष्र्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र बेल्टार पठाएको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

तपाईको प्रतिक्रिया