उदयपुर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे संक्रमणको १८ दिनमा बिहीबार कोरोनामुक्त भएका छन् । भदौ १३ गतेदेखि कोरोनाको लक्षण देखिएपछि मन्त्री घिमिरे होमआईसोलेसनमा बस्नुभएको थियो । मन्त्री घिमिरेलाई भदौ १५ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।कोरोना पोजेटिभ भएपछि भदौ २६ गते गरिएको पहिलो परीक्षणमा पनि मन्त्री घिमिरेलाई पोजेटिभ नै देखिएको थियो । संक्रमणपछि घिमिरे मन्त्री क्वाटरमै होम आइसोलेसनमा बसेका थिए ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको दोस्रो पटकको स्वाब परीक्षणमा मन्त्री घिमिरेको रिपोर्ट नेगेटिभ आएको सचिवालयले जनाएको छ ।
मन्त्री घिमिरेलाई अहिले पनि सामान्य रुघाखोकी भने लागिरहेको तर स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया