राजेन्द्र महतो, लहान । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका-१ स्थित मेदनी पुल सडक खण्डमा मोटरसाइकल दुर्घटना एक नेपाली सेना जमदारको मृत्यु भएको छ ।
मृत्यु हुनेमा खोटाङ घर भइ सुनसरीको इटहरी- ४ बस्ने पेशल पाण्डे रहेका छ्न।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनगढीमाई नगरपालिका–१ स्थित मेदनी पुल सडक खण्डमा को.२२ प २९४४ नम्बरको आफैंले चलाएको मोटरसाइकल दुर्घटना भइ घाइते भएका थिए ।
घाइते भएका पाण्डेलाई अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएका छ्न।
मृतक नेपाली सेनाको श्री बक्स गुल्मी अर्थुङ्गे ब्यारेक म्याग्दीमा कार्यरत थिए ।

तपाईको प्रतिक्रिया