उदयपुर । उदयपुरमा मंगलबार बेलुका खोलाले बगाएर एक वृद्धाको मृत्यु भएको छ । रौतामाई गाउँपालिका ७ की ६० वर्षिय तिलमाया पुलामी मगरलाई छौडिया खोलाले बगाएर मृत्यु भएको हो ।
मुर्कुची बजारदेखि घर तर्फ फर्कने क्रममा राती अन्दाजी ७ बजेको समयमा खोला तर्दा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका एसपी भिमबहादुर दाहालले बताए । उनको शव करिब एक किलो मिटर तल फेला परेको प्रहरीले जनाएको छ । अहिले जिल्लाका सम्पूर्ण खोला नालाहरु पानीको सतह बढेको छ ।

तपाईको प्रतिक्रिया