काठमाडौं । बुधबार बिहान सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

५ बजेर १९ मिनेटमा गएको भूकम्पले सर्वसाधारणमा त्रास फैलिएको थियो ।

बिहान उठ्ने समयमा गएको भूकम्पमा सर्वसाधारण घर बाहिर निस्केका थिए ।

भूकम्पबाट भएको क्षतिको विवरण आइसकेको छैन।

अन्य नजिकका जिल्लामा पनि भूकम्पको धक्का महसुस भएको मानिसहरुले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

तपाईको प्रतिक्रिया