उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १३ स्थित दनुवारी चौकमा बोल्न नसक्ने एक महिलालाई जवर्जस्ती करणी गरेको आरोपमा मंगलबार एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी भिमबहादुर दाहालका अनुसार त्रियुगा नपा १२ पुरानो गाईघाट बस्ने ४३ वर्षिय सूर्य विश्वकर्मा जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् ।
अन्दाजी वर्ष २० की रसमाया परिवर्तित नाम बोल्न नसक्नेलाई मंगलबार १२ बजेको समयमा निज पीडितकै घर कोठामा पसी जबरजस्ती करणी गरेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरी प्रमुख दाहालले बताए । विश्वकर्मालाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया