उदयपुर । उदयपुरको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले पालिकाको औषधि खरिद कार्य प्रक्रिया नियम संगत भएको बताएका छन् । स्वास्थ्य उपचारपछि काठमाडौंबाट गृह जिल्ला फर्किनु भएका अध्यक्ष खड्काले केही मिडियामा भनिए जस्तो औषधि खरिद प्रक्रियामा कुनै कमजोरी नरहेको बताए ।
औषधी र सर्जिकल सर्जिकल स्वस्थ्य सामग्री खरिद गर्नका लागि सार्बजनिक खरिद ऐन २०६३, सार्वजनिक खरिद नियमावली २०६४ एवम् अन्य नेपाल कानुनको अधिनमा रहेरै खरिद प्रक्रिया पुरा गरेको अध्यक्ष खड्काको भनाई छ । आर्थिक वर्ष २०७७÷०७८ का लागि ३४ लाख रुपैया विनियोजन गरी गाउँपालिकाको निर्णयानुसार सिलबन्दी दरभाउ पत्र आव्हान गरिएको विज्ञप्तीमा जनाइएको छ ।
उदयपुरको बरुवाटाइन्स दैनिक र काठमाडौंको सिटिपोष्ट दैनिकमा भदौ ५ गते सूचना प्रकाशन भएको र सूचनाको आधारमा अनुभव प्राप्त ६ वटा सप्लायर्सहरुले फर्म खरिद गरेको विज्ञप्तीमा उल्लेख छ । पालिकामा समेत सूचना टाँस गरिएको भन्दै पारदर्शीढंगले काम भएको बताए । सामाचारमा लगाएको आरोपहरु सत्य नभई काल्पनिक भएको विज्ञप्तीमा जनाएको छ । आफु उपचारको सिलसिलमा काठमाडौं रहेको बेला मिडियाबाजी भएका कुराहरु पालिका फर्किएर राम्ररी बुझ्दा औषधी खरिद प्रक्रियामा कुनै कमजोरी फेला नपरेको पालिका अध्यक्षले बताए ।
कर्मचारी स्रोतका अनुसार स्वास्थ्य सामग्री सप्लायर्सको फर्म नै नहुने विचौलियाले आफ्नो व्यक्तिलाई टेण्डर पार्न दवाव दिइएको खुलासा भएको छ । स्रोतका अनुसार विचौलियालाई खुल्ला प्रक्रियाबाट आउनु अनुरोध गर्दा विभिन्न वहान बनाई अन्य ६ वटा खरिद गरेको फर्महरुलाई समेत टेण्डर प्रक्रियामा सहभागी हुन अवरोध गरेको जनाएको छ । कर्मचारी स्रोतका अनुसार गाउँपालिकाको कर्मचारीले मिलेमतो गरेको भए ६ वटा सप्लायर्स कम्पनीको फर्म नै आवश्यक पर्दैन थियो, हामीले टेण्डर फर्म वितरण कहि कत्तै लुकाएका छैनौ, जो सुकै औषधि सप्लायर्सलाई खुल्ला गरेको बताए ।

तपाईको प्रतिक्रिया