उदयपुर । उदयपुरमा थप शनिबार जनामा कारोना संक्रमण पुष्टि भएको छ । बेलका नगरपालिका ९ बस्ने ३९ वर्षको पुरुष रहेका छन् । भदौं १५ गते भारतको दिल्लीबाट आएर क्वारेन्टाइनमा बसेका थिए ।
स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार उनको तीन दिनअघि स्वाव संकलन गरी परिक्षण भएको थियो ।
यो संगै उदयपुरमा कोरोना संक्रमित हुनेको संख्या १ सय १७ जना पुगेको छ ।
हालसम्म त्रियुगा नगरपालिकामा ६९ जना, बेलका नगरपालिकामा ३४ जना, कटारी नगरपालिकामा ७ जना, चौदण्डीगढी नगरपालिकाका २ जना, उदयपुरगढी गाउँपालिकाका २ जना र ताप्ली गाउँपालिकाका ३ जना कोरोना संक्रमित पुगेका छन् ।
नयाँ संक्रमित सहित उदयपुर कोभिड १९ अस्पतालमा ६ जना र होम आइसोलेशनमा एक बालिकाको उपचार भईरहेको छ ।

तपाईको प्रतिक्रिया