उदयपुर । उदयपुरमा पानी तान्ने मोटरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । चौदण्डीगडी नगरपालिका–५ की ६१ वर्षिय सिलमन्ती चौधरीलाई पानी तान्ने मोटरबाट करेन्ट लागेर मृत्यु भएको छ ।
शुक्रबार बिहान ८ बजेको समयमा आफ्नै घरको कलमा जडान गरिएको पानी तान्ने मोटरमा जडित तारबाट अचानक करेन्ट लागेर चौधरीको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया