उदयपुर । कटारी नगरपालिका १ बेलस्रोतबाट राजश्व छली गरेर ल्याएको सामान सहित दुई जना पक्राउ परेकोछ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरको अबैध रुपमा हुने चोरी निकासी नियन्त्रण गर्ने अभियान अन्तर्गत सिरहाको मिर्चैयाबाट कटारी तर्फ आउँदै गरेको प्रदेश–२–०१–००१–च ०१४८ नम्बरको बलेरो पिक अप भेनलाई प्रहरी चौकी बेलस्रोतबाट खटिएको बिशेष प्रहरी टोलीले चेक जाचँ गर्दा राजश्व छली गरी ल्याएको अबैध यूरिया र सुर्ती सहित पक्राउ परेको हो । पिक अप भेन चालक सिन्धुली नगरपालिका ९ बस्ने २६ वर्षिय देवचन कुमर र सोही नपा ११ बस्ने ३६ वर्षिय अन्जित कुमार खड्का पक्राउ परेको छ । कुमर अवैध ४० बोरा युरिया मल र खड्का ५ बोरा सूर्तिसहित पक्राउ परेको हो ।
पक्राउ परेका दुवैलाई अनुसन्धान पश्चात आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय लहान सिरहा पठाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया