काठमाडौं । जनआस्था साप्ताहिकले चौधरी समूहको विषयमा आफूले प्रकाशन गरेको सामग्री तथ्यगत रहेको जनाएको छ । प्रेस काउन्सिललाई स्पष्टिकरण लेख्दै साप्ताहिकका प्रबन्ध सम्पादक राजेन्द्र स्थापितले पुष्टिसहित समाचार छापेको बताएका छन् ।

चौधरी समूहले अनाधिकृत रुपमा बैंकमा लगानी गरेको विषयमा जनआस्था साप्ताहिक र अनलाइन संस्करणमा प्रकाशित समाचार तथ्यगत रहेको उनले स्पष्ट पारेका छन् । यसअघि पत्रिकामा प्रकाशित समाचार भ्रमपूर्ण रहेको भन्दै चौधरी समूहले काउन्सिलमा उजुरी दिएको थियो ।

अर्बपतिको ‘मुहान’ मा बल्ल आक्रमण शिर्षकमा अनाधिकृत रुपमा बैंकमा लागनी गरेको, अवैध ढंगले स्वदेशीमा आर्जित सम्पति देश बाहिर लगेको लगायत विषयमा जनआस्था साप्ताहिक र अनलाइन संस्करणमा सामाचार छापेको थियो ।

सोही विषयमा काउन्सिलले जनआस्थालाई स्पष्टिकरण सोधेको थियो । जवाफमा पत्रिकाले आफूले गल त नदेखेको दावी गरेको हो । जनआस्थाविरुद्ध परेको उजुरीमा आस्था प्रकाशन प्रालिले ७ घण्टा नबित्दै प्रेस काउन्सिललाई लिखित जवाफ पठाएको छ । काउन्सिलले आजै जनआस्थासङ्ग ७ दिने स्पस्टिकरण सोधेको थियो ।

प्रेस काउन्सिमा पेश गरेको जवाफ जस्ताको तस्तै :

तपाईको प्रतिक्रिया