उदयपुर । जिल्लाको लिम्चुङबुङ गाउँपालिका ५ जाँतेका विध्याराज राई आफ्नै घरमा भरेर राखेको भरुवा बन्दुकले आफ्नै निधारमा हानेर आत्मा हत्या गरेको छ ।
शुक्रबार साँझ ७ बजेको समयमा पहिल्यै भरेर राखेको बन्दुकले निधारमा हानेर आफ्नै आत्माहत्या गरेको राईको घटना स्थलमै मृत्यु भएको हो ।
घटनापछि जिल्ला प्रहरी कार्यालय उदयपुरका डिस्पी गोविन्द पुरीको टोली घटना स्थलको प्रकृति मुचुल्का तयार पारी फर्किनेक्रममा रहेको एसपी भिमबहादुर दाहालले जनाएको छ । लाश पोष्टमार्टमको लागि जिल्ला गाईघाट ल्याउँदै गरेको छ । यसले पनि थप कुरा खुल्ने एसपी दाहालले जानकारी दिए ।
एक बर्ष अघि मात्रै श्रीमतीले पनि विष सेवन गरी ज्यान गुमाएका थिए । राई विगतबाटै बढी मात्रामा मादक पदार्थ सेवन गर्ने स्थानीयले जनाएको छ ।

तपाईको प्रतिक्रिया