उदयपुर । बेलका नगरपालिकाका उपमेयर राजकुमारी चौधरीलाई भ्रष्टचार विरुद्धको अभियानमा विपक्षी दल नेपाली काँग्रेस नगर कमिटी सहित ४ राजनीतिक दलले साथ दिने भएका छन् ।
विपक्षी राजनितिक दल सहित शुक्रबार एक बिज्ञप्ती जारी गर्दै बेलका नगरपालिका कि उपप्रमुख राजकुमारी चौधरीको फेसबुकमा पोष्ट भएको नगरपालिकामा भ्रष्टचार भईरहेको र यस बिषयमा अवाज उठाउदा कुनै सुनुवाइ नभएको घटना प्रति ध्यान आकर्षण भएको जनाएको छ ।
उपमेयर चौधरीले पंखादेखि स्काभेटर सम्म खरिदमा सहायक कम्प्युटर अप्रेटरले भ्रष्टचार गरेको आरोप लगाएकी छिन् ।
डेढ बर्षदेखि भ्रष्टचारको विषयमा कुरा उठाउदा नगर प्रमुख दुर्गा कुमार थापाले सुनुवाई नगरेको, निज कर्मचारीलाइ कारवाही गर्नु पर्छ भन्दा उ विना नगरपालिकानै चल्न सक्दैन भन्ने जवाफ दिदै भ्रष्टचारीलाई संरक्षण गरेकोले प्रति गम्भिर ध्यान आकर्षण भएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
साथै बिज्ञप्ति अनुसार यस घटनाले निर्माण गरिरहेको संसयपुर्ण स्थिती संगै भ्रष्टचारी कर्मचारीको संरक्षण गरेको बेलका नगर सरकारको नेतृत्व गरिरहेका ब्यक्तीको क्रियाकलाप माथि उठेको प्रश्न गम्भिर भएकोले त्यसको नितिगत छानविन भई सत्य तथ्य सार्वजनिक गरियोस भनी माग गरिएको छ । अन्याथा हामी यस नगरमा क्रियाशिल रहेका राजनैतिक दलहरुको तर्फबाट भ्रष्टचार जन्य काला कर्तुतहरुको पर्दाफासका निमित्त जनता समक्ष भण्डाफोर अभियान संचालन गर्न बाध्य हुने चेतावनी समेत दिइएको छ ।
बिज्ञिप्तिमा नेपाली कांग्रेसका नगर सभापति शुसिल सेढाइ, जनता समाजवादी पार्टी बेलका नगर अध्यक्ष सुरेन्द्र कुमार राई, राप्रपा नेपाल बेलका नगर अध्यक्ष टिकाराम शर्मा र नेपाल कम्यूनिष्ट पाटी १५ सेक्टेम्बरका सुकदेव चौधरीले हस्तार गरेका छन् । यस्तो छ, उपमेयरको आरोप
करारका कर्मचारी थुप्रै अनियमितता गरेको उपमेयर राजकुमारी चौधरीको दाबी छ । पूरानो मोडेलको स्काईभेटर खरिद गरेर १२ लाख बढी रकम कमिशन लिइएको लगायत थुप्रै अनियमितता गरेको आरोप छ । । ‘बेलका वडा नम्बर ९ को भवनको दोस्रो तला थपेर प्रशासनिक कक्ष बनाउँदा पनि ती आरोपित कर्मचारीले रातारात टेण्डर निकाली ठेक्केदारसँग रकम असुली गरेको प्रमाण मसँग छ ।’ उपमेयरले भनिन् ।
“प्रशासनिक कक्ष बनाउँदा टेन्डर आह्वान भएको थियो । तर, उनले सूचना लुकाएर दुई जनाको मात्र आवेदन पर्ने स्थिति सिर्जना गरेको, ठेक्का पारिदिए वापत ठेक्केदारसँग अग्रिम रकम बुझे लगायत अनियमितता गरेको खुलासा भयो त्यो, त्यतिबेला पनि मैले प्रश्न उठाएको थिएँ । सुनुवाइ भएन,” उपमेयर राजमुकारी चौधरी भन्छिन् ।
सहायक कम्प्युटर अपरेटरकै अगुवाईमा  गत आर्थिक वर्षमा कृषि शाखाको बजेटबाट गुणस्तरहिन पानी तान्ने पम्प बढी मूल्यमा खरिद भएकोले उक्त सामान कृषकले लान नमानेपछि नगरपालिकामै यत्रतत्र छरिएर रहेको आरोप लगाएकी छिन् ।
आफूसँग अनियमिमता गरेको थुप्रै सबुत रहेको दाबी गर्दै राजकुमारी भन्छिन्, “सहायक कम्प्युटर अपरेटरले भक्तपुरमा दुई करोड जाने जग्गा खरिद गरेको सूचना आएकोले यसको छानबिन हुनुपर्छ कि पर्दैन ?”
राजसी ठाँटका साथ कर्मचारी हिँड्ने गरेको उनी बताउँछिन् ।
“नगर क्षेत्रमा गरिबी छ । अभाव छ । तर, एकजना कर्मचारी हाकिमभन्दा बढी सेवा–सुविधा लिएर हिँड्नुहुन्छ । यस्तो अनियमितता कसरी टुलुटुलु हेर्नु ? कतिञ्जेल सहनु ?,” उनी प्रश्न गर्दै भन्छिन् ।
आफ्नो बाटाको तगारो बनेको महसुस गरेका उनले राजकुमारीलाई दुर्वचन बोलेको, गाली बेइजती गरेको गुनासो गर्छिन् ।
“मैले सेवाग्राहीको भावनाअनुसार र सरकारको स्प्रिटअनुसार काम गर्नुस् भनेर अह्राइपह्राइ गर्दा तँ ‘फ्याउरी’लाई के थाहा छ र भन्दै अपमान गर्ने, गाली गर्ने, जनप्रतिनिधिको मानमर्दन गर्ने काम गर्नुभयो । यसले मेरो स्वाभिमानमा ठेस पु¥यायो, प्रतिष्ठामा आँच आयो,” उनी पीडा पोख्छिन् ।
नगरपालिकामा हुने भ्रष्टाचार रोक्न भूमिका खेल्न थालेपछि, नागरिकलाई सुसूचित गर्न थालेपछि ती कर्मचारीले आफूलाई नानातरहले दुःख दिएको राजकुमारीको दुखेसो छ । आफूले अतिरिक्त सुविधा नलिए पनि नगरपालिकाले विनियोजन गरेको बजेटबाट स्कुटी मर्मत गर्न खोज्दा ‘उपमेयरको स्कुटी बनाउनु पर्दैन’ प्रताडना दिएको राजकुमारीको असन्तुष्टि छ । सवारी साधन नभएपछि कहिले हिडेरै कहिले कसैलाई पुर्याई दिन आग्रह गर्दै आएको छु ।
उपमेयर राजकुमारी चौधरीले बुधबार साँझ पदबाट राजीनामा दिनेसम्मका घोषणा गरिन् । अनियमितता छानविन हुँदैन भने जनतासँग माफी माग्दै राजीनामा दिनेसम्मका घोषणा गरेकी थिईन् ।

तपाईको प्रतिक्रिया