उदयपुर । उदयपुरको बेलका नगरपालिका १ आम्बासीमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ । विहिबार साँझ ५ः१५ बजेको समयमा को २ त ५१८२ नम्बरको ट्याक्टरबाट सोही वडाका ४५ वर्षिय तिर्थ बहादुर कार्की लडी सोही ट्याक्टरको पछाडीको चक्काले किचेर घाइते भएका थिए ।
घाइते कार्कीको विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा साँझ ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले बताए । उनका अनुसार ट्याक्टर चालक चौदण्डीगढी नगरपालीका वडा नं १ बस्ने बर्ष १८ को सुर्य परीयार र ट्याक्टर ईलाका प्रहरी कार्यालय नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया