उदयपुर । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवसमा उनको साधकी जीवन र योगदानको चर्चा गरिएको छ । सहिद तथा जनयोद्धा प्रतिष्ठान उदयपुरले मंगलबार सदरमुकाम गाईघाटमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पुष्पलालले छोटो समयमा नेपाली समाजमा पुर्याएको योगदान र कम्युनिष्ट आन्दोलनको चर्चा गरिएको थियो ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष तथा सभासद मोहन पौडे्लले पुष्पलालको विचार, दर्शन सामाजिक मूल्य मान्यतामा आधारित रहेको बताए । उनले तत्कालिन अवश्थामा जारी गरिएको घोषणा पत्रमा पुष्पलालले सामान्ती एकतन्त्रिय सासनको अन्त्य, वैदेशिक शोषण सामान्तको अन्त्य र सार्वभौमसत्ता सम्पन्न राष्ट्र, वालिक मताधिकार, संबिधानको आधारमा देश चल्नु पर्ने जस्ता बिषयबस्तु समेटिएको बताए ।
त्यस्तै प्रजातन्त्र सुदृढीकरण, क्रान्तिकारी भुमिसुधार, नेपालको सन्र्दभमा संयुक्त जनआन्दोलन, कम्युनिष्ट एकता, क्रान्तिकारी, परिवर्तनकारी, वैज्ञानिक विचार प्रारम्भ लगायतका बिषय बस्तु समाज रुपान्तरणको पंक्षमा रहेको पौड्ेलले बताए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले विभाजित कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध बनाएर लैजानु पर्ने साझाधारणा बनाएका थिए । छरिएर रहेका कम्युनिष्टहरुको एकताको वलकैकारण पार्टी दुईतिहाई बहुमतको सरकार बनाउन सफल भएको बताउँदै उनीहरुले विगतमा विभाजित हुँदाको परिणामलाई आत्मसाथ गर्दै एकताबद्ध भएर अगाडी बढ्न नेतृत्वलाई सुझाब दिए ।
प्रतिष्ठानका अध्यक्ष मोहन पौड्ेलको अध्यक्षता र प्रतिष्ठान साहित्य क्षेत्रका सदस्य ज्ञानबहादुर बस्नेतको सञ्चालनमा भएको कार्यक्रममा कम्युनिष्ट नेता राममणि पोखरेल, मणिराज पौड्ेल, गम्भिरबहादुर कार्की, भिमबहादुर अधिकारी, राजन किराँतीले बोलेका थिए ।
कार्यक्रममा पुष्पलाल मित्र केन्द्रका परमेश्वर घिमिरेले एक कार्यपत्र प्रस्तुत गरेका थिए । सो कार्यपत्रमाथि मदन भण्डारी फाउण्डेसनका प्रदेश सदस्य दुर्गानन्द चौधरी, वामपन्थी विश्लेषक रमेशचन्द्र रोका, नेकपाका नेता भिम विश्वकर्मा लगायतले टिकाटिप्पणी गर्दै पुष्पालालको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा सप्तकला केन्द्र गाईघाटका कलाकारहरुले आफ्ना प्रतिभाहरुसमेत प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया