उदयपुर । चौदण्डीगढी नगरपालिका २ र ४ विचको लामा खोलामा अस्थायी फलाम ट्रष्ट वृज (पुल) बन्ने भएको छ । बुधबार चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राई र उपमेयर रिताकुमारी चौधरीले अस्थायी ट्रष्ट वृजको शिलान्यास गरेका हुन् ।
मदन भण्डारी राजमार्ग अन्तर्गत लामा खोलाको पुल गलत स्टिमेटका कारण अन्यत्रै परेपछि मानिसहरुको आवतजावत गर्नको लागि त्यस ठाउँमा अस्थायी ट्रष्ट वृज निर्माण गर्न लागिएको हो । नगरपालिकाको १० लाख लागतमा पुलको लम्बाई ९० फुट र चौडाई ८ फुट निर्माण हुन लागेको मेयर राईले बताए ।
पहिलो स्टिमेट ७ लाख रुपैयामा ५ फुट चौडाईमा निर्माण गरिने भनिएपनि सो चौडाईमा एम्वुलेन्स छिर्न नसक्ने भएपछि बजेट थप गरी एम्वुलेन्स पनि वारपार हुने गरी स्टिमेट परिवर्तन गरी लागत पनि बढेको मेयर राईले बताए । पुल वारपार गर्न हलुका सवारी साधन मात्रै पाउने छ ।
पुल नभएर त्यस क्षेत्रमा वारपार गर्ने यात्री सास्ती भोग्नु परेको पीडालाई चासो दिएर पुल निर्माणमा बजेट उपलब्ध गराएकोमा प्रति आभारी रहेको चौदण्डीगढी ४ का वडाध्यक्ष चरणकुमार राईले बताए ।

पिठ्युमा बोकेर एक विरामीलाई तार्दै । तस्विर : राजेश खतिवडा फेसबुकबाट

पुल १० देखि १५ दिन भित्र सकेर नागरिकलाई सुविधा दिने पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष तथा युवा समाजसेवी खेम राईले बताए । वर्षेनी वर्षायाममा आउने बाढीका कारण यात्रु्हरुले सास्ति खेप्दै आएका छन् । पुल निर्माण भएपछि माटरसाईकल, अटो (टेम्पो) र साना सवारीसाधनहरु एम्बुलेन्ससम्म आवत जावत गर्ने सक्ने छन् ।

लामा खोलाको बाढीले सवारी साधन तर्न नसकेको अवस्था । तस्विर : नागरिक बहस

निर्माणाधिन मदन भण्डारी राजमार्गको सडक भएपनि १४ वर्ष पहिले सो क्षेत्रमा सडक विभागको १९ लाख रुपैयामा निर्मित पुल निर्माण भएको थियो । तर, अहिले सो पुल काम नलाग्ने भएपछि यात्रुले सास्ति खेप्नु परेको थियो । पुरानो अपुरो योजनाले गर्दा सो ठाउँमा पुल लाग्न कठिन भईरहेको अवस्था हो ।
सो सडक मदन भण्डारी राजमार्ग भएकोले आगामी कार्तिक÷मंसिरदेखि पक्की पुलको निर्माण कार्य पनि शुरुवात आयोजनाले जनाएको छ ।

तपाईको प्रतिक्रिया