राजेन्द्र महतो, लहान । धनुषाको शम्भु सदाको हत्याको घटना सेलाउन नपाउँदै सप्तरीमा एक दलित युवाको हत्या भएको छ ।
सप्तरीको शम्भुनाथ नगरपालिका कचनदाहा ३ का ३० वर्षिय त्रिभुवन राम चमारलाई अज्ञात समूहले अपहरण गरि हत्या गरेको छ ।हत्या गरिएका चमारको तीन जना स–साना नानीहरू छन् । परिवारमा एक्लो छोराको हत्या पछि ७० वर्षीय बुवा कुशेश्वर रामको काँधमा नातिनातिनीको जिÞम्मेवारी थपिएको छ । वृद्ध कुशेश्वरले घर परिवार तथा कक्षा १, ३ र ९ मा पढ्दै गरेका नानीहरुको लालन पालन तथा कसरी पढाउने चिन्तित छन् ।
संयुक्त दलित मोर्चाका केन्द्रीय संयोजक शिवकुमार महरा र दलित अधिकार कर्मी हरिन्नदन अम्बेडकर लगायत तथा अगुवा नेताहरू न्याय दिलाउनका लागि मृतकको घर पुगेका छन् ।
दलित जागरण केन्द्र नेपाल गोलबजार सिरहाका सचिव संजय महराले घटनाको निश्पक्ष छानविन र दोषिमाथि कडा कारवाहिको माग गर्दै जनताको जीउधनको सुरक्षा प्रदान गर्न नसक्ने सरकार निरीह भएको बताएका छन् ।
प्रदेश नं. २ अन्तरगतका जिल्लाहरुमा मधेशी दलितहरू माथि दिनदिनै जातीय छुवाछूत, विभेद, हत्या, हिंसा का घटनाहरु बढिरहेको देखिन्छ । तर पनि तीनै तहका सरकारले यस्ता घटना प्रति खासै ध्यान नदिएको दलित अभियन्ताहरु बताउँछन् । दलितमाथि एकपछि अर्को गरि भैरहेको हत्याको विरुद्ध संघर्ष जरूरी रहेको अगुवाहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया