उदयपुर । उदयपुरमा जबरजस्ती करणीमा सजाय पाएर फरार अभियुक्त ६ वर्षपछि एक अभियुक्त पक्राउ परेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ६ जलजले बस्ने ३३ वर्षिइ देव राई रहेका छन् ।
उदयपुर जिल्ला अदालतले २०७१ साउन १७ गते जबरजस्ती करणी गरेको ठहर गर्दै ५ वर्ष कैदको फैसला सुनाएका थिए । घटना स्थलबाटै फरार प्रतिवादीलाई उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी गोविन्द पुरीले जानकारी दिए । उनका अनुसार विशेष सूचनाका आधारमा पक्राउ गरी फैलसा कार्यान्वयन गर्नको लागि उदयपुर जिल्ला अदालत पठाईएको जानकारी दिए ।









