उदयपुर । उदयपुरमा खेतमा काम गर्ने क्रमा एक जना समाजसेवीको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका ६ जलजलेका अन्दाजी ६० वर्षिय लक्ष्मी नारायण चौधरी रहेका छन् ।त्रियुगा नगरपालिका १ जोगिदह लालभित्तीमा सम्धीनीको खेतमा काम गर्ने क्रममा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले जानकारी दिए । मृतक प्रेसरको रोगी पनि भएको र खेतमा मुख हिलोमा गाडिएको अवस्थामा स्थानीयले फेला पारेको थियो । स्थानीयहरुले चट्याङले लागेर मरेको भन्ने भएपनि मृतकको शरिरमा कही कत्तै त्यस्तो साइन नदेखिएको एसपी दाहालले जानकारी दिए । उनका अनुसार के कुन कारणले मृत्यु भएको थप जानकारी पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै प्रष्ट हुने बताए ।
उनी समाजसेवी हुनुको साथै त्रियुगा नगरपालिका ६ स्थित राजदेवी सामुदायिक वन उपभोक्ता समूहको पूर्व अध्यक्ष पनि हुन् । उनले करिव ८–९ वर्ष सो सामुदायिक वनको अध्यक्ष पद सम्हालेका थिए । साथै मृतक चौधरी नेपाली काँग्रेस उदयपुरका सक्रिय सदस्य समेत हुन् ।

तपाईको प्रतिक्रिया