उदयपुर । उदयपुरमा फरार अभियुक्त करिव ७ वर्षपछि पक्राउ परेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका ७ बस्ने २५ वर्षिय अनुप खड्का र अर्का वडा नं. ६ बेल्टारका २२ वर्षिय नाम्सु आलेलाई घरबाटै इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरिएको हो ।
दुवै जना २०७० साल भदौं १८ गतेदेखि लागूऔषध मुद्धामा फरार अभियुक्तहरु हुन् । उनीहरुलाई अदालतले जनही १ महिना कैद र ३ हजार जरिवाना तोकेको छ । फरार प्रतिवादीहरुलाई फैसला कार्यन्वयन गर्नको लागि जिल्ला अदालत पठाएको प्रहरीले जानकारी दिइएको छ ।

तपाईको प्रतिक्रिया