उदयपुर । दुर्लभ एवं संरक्षित बन्य जन्तुको रुपमा सुचिकृत सालक सोमबार चौदण्डीगढी नगरपालिका ६ को केशव तिम्सिनाको घर भित्र फेला परेको छ ।
सालक बाटो भुलेर घर भित्र पसेका हुन् । उनलाई तिम्सिनाले उद्धार गरेर डिभिजन वन कार्यालय गाईघाट र सव डिभिजन वन कार्यालय हडियालाई जानकारी गराएका थिए ।
वन रक्षक सहितको टोलीले तिम्सिनाको घर दैलोबाटै उक्त सालक जिम्मा लिई राष्ट्रिय वन क्षेत्रमा छोडिएको डिभिजन वन कार्यालय उदयपुरका सहायक वन अधिकृत तथा सूचना अधिकारी जागेश्वर साहले जानकारी दिए । उनका अनुसार चौदण्डीगढीमा भेटिएको सालक उच्च जोखिम तथा अति दुर्लभको सूचीमा सुचिकृत रहेको छ । त्यस ठाउँमा भेटिएको सालक चाइनिज पाइगोलिङन प्रजातीको रहेको सूचना अधिकारी साहले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया