उदयपुर । कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले अवका दिनमा कृषि उत्पादनका लागि यान्त्रीकरणमा जोड दिँदै कृषिमा आमुल परिवर्तन गर्न सकिने बताए ।
त्रियुगा नगरपालिका १३ बहेडवामा चक्लाबन्दी खेतीको उद्घाटन कार्यक्रममा आएका मन्त्री भुसालले नेपालले विदेशबाट अर्वौं रुपैयाको कृषिजन्य पदार्थ भारत लगायत तेस्रो मुलुकबाट आयातलाई रोक्न कृषिमा यान्त्रीकरण गर्नमा जोड दिनु पर्ने बताए ।
नेपाललाई कृषि प्रधान देश भनेर चिनिने गरिएको तर उत्पादनमा बृद्धि गर्न नसकिदा अहिले पनि चामल, मकै, आलु, गहुँ, दाल लगायतका बस्तुहरु नेपालीलाई अपुग हुँदै आएको तथ्याङक प्रस्तुत गर्दै मन्त्री भुसालले कृषि क्षेत्रको विकासका लागि मन्त्रालयले विभिन्न नयाँ कार्यक्रमहरु सञ्चालनका लागि अगाडि सारेको स्पष्ट पारे ।
नेपाल अहिलेसम्म पनि एउटै कृषी बस्तुमा पनि आत्मनिर्भर हुन नसकेकोले अवको तीन वर्षमा आत्मनिर्भर बनाउने योजना सहित चक्लाबन्दी खेतीलाई प्राथमिकतामा राखेर सरकार अगाडी बढेको मन्त्री भुसालले बताए ।
कृषि पेशा नै आर्थिक समृद्धिको आधार भएकोले बाँझो खेत नराख्न सवैलाई अनुरोध गरेका थिए । कृषि क्षेत्रमा आउनेलाई सरकारले सहयोग गर्ने भएकाले अबका दिनमा किसान नडुब्ने समेत मन्त्री भुसालले बताए । उनले वैदेशिक रोजगारबाट फर्केकालाई लक्षित गरी छुट्टै कृषि कार्यक्रम ल्याउन लागेको समेत बताए । ‘जो कृषि गर्छु भनेर आउँछ, उसलाई मल, बीउ, पानी, विजुली, सस्तो ब्याजमा कर्जा सबै उपलब्ध गराउन तयार छौँ,’ मन्त्री भुसालले भने, ‘कृषकले उत्पादन गरेका उत्पादनको न्युनतम मूल्य तोक्ने, उत्पादन गरेका बस्तुहरु सरकारले नै खरिद गरि दिने, त्यसो गर्दा कृषकहरुले कृषिमा डुब्नु पर्दैन ।’
सरकारले अहिले किसानको धानको समर्थन मुल्या निर्धारण गरि सकेको जानकारी दिए । किसानले उत्पादन गरेको धानमा लागत मुल्यमा २० प्रतिशत नाफा राखेर समर्थन मुल्य निर्धारण गरिउको छ । सो मुल्य भन्दा बढीमा ब्यापारीले किन्नु प¥यो, तोकिएको मुल्यमा ब्यापारीले नकिने किसानको धान सरकारले खरिद गर्ने बताए ।
उनले कृषि क्षेत्रमा छिटो समयमा धेरै नाफा खोज्न लाग्दा आत्मानिर्भर बन्न नसकिने दाबी गरे । राजा महेन्द्रको पालादेखि कृषिमा आधुनिकीकरण भनिए आधुनिकीकरण नभएको बताए । उनले भने, ‘७० वर्षदेखि कृषिमा यान्त्रीकरण भन्दै पैसा पनि विनियोजन गरिएको खर्च पनि गरियो, तर भएन ।’
मन्त्री भुसालको बुझाईमा कृषकलाई नाफा देखाउन नसेकाले नै कृषि क्षेत्रमा यान्त्रीकरण नभएको हो । उनले चक्दाबन्दी खेतीमा १०० बिघासम्म खेती गर्नेलाई संघीय सरकारले अनुदान सहयोग गर्ने पनि बताए । कृषि तथा पशुपंक्षि मन्त्री भुसालले मुलुकमा ६० लाख घर परिवार रहेको तर जग्गाको कित्ता काट भने तीन करोड २५ लाख भन्दा बढि भई सकेकोले अब सरकारले चक्लाबन्दी खेतीलाई बढी महत्व दिन लागेको होे । सहकारी, चक्लाबन्दी र मेसिनरी अर्थात कृषिमा यान्त्रिकरण गरी उत्पादन बढाउने खालका योजनामा सरकारले लगानी बढाएको छ ।
त्यसैगरी प्रदेश १ सरकारका भूमि व्यावस्था तथा सहकारी राज्यमन्त्री रामबहादुर राना मगरले धेरै आम्दानी गर्नका लागि चक्लाबन्दी खेती प्रणाली प्रभावकारी भएको बताउदै अरु प्रदेशमा भन्दा १ नम्बर प्रदेशमा एक लाख ५० हजार मेट्रिक टन धान बढी उत्पादन हुने गरेको बताए ।
उनले भने चक्लाबन्दी खेति प्रणाली भनेकै आधुनिक खेति हो । आधुनिक खेति प्रणालीले उत्पादनमा बृद्धि ल्याउँछ । बजारमा खुलेका १० वटा पसल मध्ये एउटा पनि कृषि जन्य पसल हुदैन । यसले गर्दा हाम्रो बिकासको गति कता तिर जादैछ, सोच्नु पर्ने बेला आएको छ । बजारमा खुलेका पसल मध्ये ५० प्रतिशत भट्टि पसल हुन्छन् यसले कसरी देशको बिकास हुन्छ त रु नेपालले हालसम्म पनि खोर्यातमुक्त प्रमाणपत्र नपाएकोले मुलुकबाट दुग्धजन्य पदार्थहरुको निर्यात हुन नसकेकोले संघीय सरकारले यस्तो प्रमाणपत्र लिन पहल गर्नु पर्ने उनले जोड दिए । प्रदेश सरकार मासु, दुग्ध जन्य पदार्थ छुर्पि, चिज नियात गर्ने तयारीमा रहेता पनि खोरयातमुक्त प्रमाण पत्रको अभाबमा रोकिएको स्पष्ट पारे । नेपालको बिकास कृषिजन्य उद्योगबाट मात्र सम्भव छ । त्यसका लागि सरकारले कानुन बनोस । यहाँ कृषि जन्य, वन जन्य, पशु जन्य, उद्योगले मात्र दिगो बिकास हुन्छ । प्रदेश सरकारले बैदेशिक रोजगारीबाट फर्किएका हरेक नागरिकलाई ५ लाख रुपैया सम्म ऋण उपलब्ध गराउँने त्यसको ब्याज सरकारले तिर्ने बताए । समाजवाद भनेको संगठिन रुपमा सहकारीको माध्यामद्धारा अघि बढ्ने हो ।
राज्यमन्त्री मगरले प्रदेश र संघीय सरकार बीच पनि केहि केहि कुरामा तालमेल नमिल्दा कतिपय कामहरुमा असहज हुने गरेको छ भन्दै प्रदेश १ को सरकारले कृषि सूचना केन्द्र सञ्चालनको तयारी गरेको, चक्लाबन्दि खेती गर्ने ब्यक्ति, सहकारी वा स्थानीय तहलाई ३५ लाखसम्म अनुदानको ब्यावस्था गरेको तल्लो, मध्यम र उच्च गरी तीन किसिममा वर्गिकरण गरेर किसान परिचय पत्र वितरणको तयारी गरिएको जानकारी दिए ।
सो कार्यक्रममा त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीले धन उत्पादनमा बृद्धि, आत्म निर्भरता र समृद्धि भन्ने नारा सहित राष्ट्रिय धान दिबस मनाउन लागिएको भन्दै कृषि क्षेत्रमा लगानी बढाएर मात्रै त्रियुगा सभ्यता र विकासको लक्ष हासिल गर्न सकिन्छ भने ।
त्रियुगा नगरपालिकालाई २ वर्ष भित्रमा तरकारीमा आत्म निर्भर बनाउने योजनामा छौं, ४ वर्ष भित्रमा त्रियुगा नगरपालिकाबाट बाध्यताले बैदेशिक रोजगारीमा जाने क्रमलाई अन्त्य गर्ने योजनामा रहेको स्पष्ट पारे । नगरपालिकाकाले १ वडा १ चक्लाबन्दी खेति अबलम्बन गरिने । एक वडा एक उत्पादनलाई जोड दिईने बताए । त्रियुगालाई स्वास्थ्य, शिक्षा, उद्यमशिलताको हब बनाउने तयारीमा लागेको बताए ।
त्यसैगरी पशुपति चौधरीले सामुहिक खेति प्रणाली गर्न लागिए पनि सिंचाई लगायतको समस्या रहेकोले बताईन । त्रियुगा नदिमा ब्यवस्थित बाँध निर्माण हुन नसक्दा किसानहरुलाई समस्या हुने गरेको बताईन ।
कार्यक्रममा सहभागीहरुलाई त्रियुगा नगरपालिकाका उप प्रमुख देवीकुमारी चौधरीले स्वागत गरेकी थिईन । जनता आधारभूत बिद्यालय बेर्हडवाको प्रागणमा भएको कार्यक्रममा चक्लाबन्दी खेति प्रणालीका अध्यक्ष दिर्गलाल चौधरीले मन्त्रीद्धयलाई माग पत्र पेश गरेको थियो । साहारा कृषि सहकारी संस्थाको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमको अध्यक्षता साहारा कृषि सहकारी संस्था लिं।को अध्यक्ष सीताराम चौधरीको रहेको थियो ।









