उदयपुर । आज असार १५ आर्थात १७ औं राष्ट्रिय धान दिवस । नेपालमा असार १५ लाई धान दिवसको रुपमा मनाउँदै आएको छ । आजको दिन दही चिउरा पनि खाने पनि गरिन्छ ।
उदयपुरको त्रियुगा नगरपालिका १३ बहेडवामा चक्लाबन्दी खेती प्रणाली अन्तर्गत धान रोप्ने मेसिनमा धानको विउ राख्दै कार्यक्रमका प्रमुख अतिथि कृषी तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुषालले धान दिवसको उद्घाटन गरेका थिए । उदयपुरको त्रियुगा नगरपालिका–१३ मा साहरा कृषि सहकारी संस्थाले चक्लाबन्दी खेतीको नमूना अभियान थालनी गरेको हो ।
यस्तै कार्यक्रमको विशेष अतिथिमा प्रदेश नं. १ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री रामकुमार रानामगर समेतको सहभागीता रहेको थियो । कार्यक्रममा प्रदेश सांसद विमल कार्की, अम्विका थापा, त्रियुगा नगरपालिका मेयर बलदेव चौधरी, उपमेयर देवी कुमारी चौधरी लगायत राजनीतिक दलका नेता तथा कार्यकर्ता र कृषकहरुको बाक्लो उपस्थिति रहेको थियो । कसैले धान रोप्ने, कसैले हिलो छ्याप्ने लगायतका दृश्यहरु देखिएको थियो ।
फोटो फिचरसहित

तपाईको प्रतिक्रिया