उदयपुर । ‘स्वस्थ, शिक्षित, उद्यमशील हाम्रो सहर, समुन्नत, समावेशी, समृद्ध त्रियुगा नगर’ भन्ने संकल्पका साथ आगामी वर्षको नीति तथा कार्यक्रम मेयर बलदेव चौधरीले प्रस्तुत गरेको छ । 
कृषिमा आधारित अर्थतन्त्रको दीगो जग बसाउन खेतीयोग्य भूमीहरुको पहिचान गर्दै कृषि प्रविधिको यान्त्रिकरण, आधुनिकीकरण, व्यावसायीकरण र बजारीकरणमा प्राथमिकता दिने गरी नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।
शैक्षिक गुणस्तर हाँसिल गर्न प्रविधिमैत्री, प्राविधिक तथा व्यावसायिक शिक्षा प्रबद्र्धनको साथै आधारभूत स्वास्थ्य सेवा, पोषण, स्वच्छ पिउने पानी र सरसफाइको सुनिश्चितता पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।
युवा तथा खेलकूद, रोजगारी तथा विकास, लैङ्गिक समानता, समावेशिता, सशक्तीकरण तथा समावेशीकरणबाट नगरवासीको आधारभूत सामाजिक सेवा, संरक्षण र सुरक्षामा पहुँच कायम गरी सभ्य, समतामूलक र समुन्नत समाज निर्माण गर्ने लक्ष्य नीति तथा कार्यक्रमले लिएको छ ।
रोजगारी र पर्यटनमा आधारित भई प्राकृतिक स्रोत–साधनको विकास, संरक्षण, सम्बद्र्धनमा जोड दिई दीगो विकास, पारिस्थितिक पद्दति संरक्षण, विपद् व्यवस्थापन, पर्यावरणीय स्वच्छता कायम गर्दै मौमसी चक्र, जलवायु परिवर्तनलाई न्युनिकरण गर्न जलवायु अनुकूलन तथा स्वच्छ, सफा, व्यवस्थित वातावरण मैत्री हरित नगर निर्माण गर्ने लक्ष्य सहित लगायतका नीति तथा कार्यक्रम नगर सभामा प्रस्तुतमा मेयर चौधरीले प्रस्तुत गरेको छ ।
त्रियुगा नगरपालिका वडा नं. १४,१५ र १६ लाई हिल सिटीको रुपमा विकास गरिने, बगहामा चिल्ड्रेन पार्क, रातमाटेमा चिडियाखाना निर्माण र त्रिवेणी टोलमा हरित पार्क निर्माण गर्ने पनि नीति तथा कार्यक्रममा रहेको छ ।
बरुवा करिडोर र त्रियुगा सभ्यता विकास कार्यक्रमलाई निरन्तरता दिने कार्यक्रम रहेको छ ।
यस्तै नदी उकासका जग्गाहरुको उच्चतम सदुपयोग गरी चक्लावन्दी कृषि कार्यक्रम संचालन गरिने र ऐलानी जग्गाको व्यवस्थापन सम्वन्धी कार्यहरु आर्थिक वर्ष २०७७÷०७८ मा सम्पन्न गरिने लक्ष्य नीति तथा कार्यक्रमले लिईएको छ ।
नीति तथा कार्यक्रम र बजेटको पूर्णपाठ
त्रियुगा नगरपालिकाको आगामी आ.व.२०७७/७८ को नीति कार्यक्रम तथा बजेट वक्तव्य मा क्लिक गर्नु होला ।









