उदयपुर । उदयपुुर जिल्लाका प्रहरी कार्यालय सहित माताहतका कार्यालयहरुलाई आर्थिक प्रलोभनमुक्त बनाउने जिल्लाको नयाँ एसपी भिमबहादुर दाहालले बताए । बुधबार प्रहरी कार्यालय परिषरमा भएको पत्रकार भेटघाट कार्यक्रममा पत्रकारको जवाफमा सो कुरा बताएका हुन् ।
आर्थिक प्रलोभनमा पर्न र कसैलाई पार्नसम्म नदिने प्रतिवद्धता जनाएका छन् । विगतको दुई कार्यकालका उदयपुर प्रहरी नेतृत्व आर्थिक प्रलोभन आरोपमुक्त रहेको प्रशंगमा उहाँले त्यसलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका हुन् । “म यो क्रमभंगता हुन दिन्न, यसलाई निरन्तरता दिन्छौ, बरु थप प्रभावकारी ढंगले निरन्तरता दिनेछौं” एसपी दाहालले भने । पछिल्लो दुई प्रहरी नेतृत्वहरुमा एपपी चन्द्रदेव राई र त्यसपछि बिरबहादुर बुढामगर हुन् ।
कुनै पनि बाहानामा प्रहरीले नागरिकलाई दुःख दिन नमिल्ने र आफ्नो कार्यकालमा त्यस्तो हुन नदिने बताए । प्रहरीको नाम लिएर मुद्दा मामिला मिलाई दिन्छु भन्ने र दलाली विचौलिया गर्ने विरुद्ध प्रहरी कडाईका साथ लाग्ने र आफ्ना सबै डिपार्टमा यस किसिमको निर्देशनसमेत दिइसकेको एसपी दाहालले बताए ।
यस्तै जिल्लामा कालाबजारी मौलाएको गुनासोलाई निगरानी बढाउने र जिल्ला प्रवेश गर्ने सिमा नाकामा कडाई गर्ने समेत जानकारी दिए ।
यस्तै पुराना अपराधिक घटनामा फरार व्यक्तिहरुको सूची तयार पारी अपराधिलाई खोजीमा पनि अग्रसरता रहने एसपी दाहालले बताए । अपराध,चोरी निकासी, हिंसा जस्ता कुरामा सून्य सहनसिलता अपनाउने उद्घोष गर्दै लागू औषध जिल्लाको प्रमुख समस्याको रुपमा देखिएकाले नियन्त्रणमा विशेष पहल गर्ने पनि प्रतिवद्धता जनाएका छन् ।
लागुऔषध दुव्र्यसनीहरुको अभिलेख संकलन गरी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्ने एसपी दाहालले बताए । लागूऔषध एक किसिमको रोग नै भएकाले त्यसको उपचारको जरुरी रहेको भन्दै धरानमा प्रहरीको सञ्चालनमा रहेको सुधार केन्द्रको प्रयोग पनि गरिने बताए । उहाँले केही समयमै नयाँ नेतृत्वको अभ्यास र प्रयासको प्रभाव देख्न सकिने भन्दै त्यसका लागि सबै क्षेत्रलाई सहयोगको अपिल पनि गर्नुभयो । अहिलेको कोरोनाको जोखिममा जति आफु सुरक्षित भएर बस्न सक्यो त्यति राम्रो हुने सन्देश फैलाउनु पर्ने भन्दै अत्यावश्यक काम बाहेकमा बाहिर ननिस्कन विशेष आग्रह गर्नुभएको छ ।
कोरोनाको उच्च जोखिमलाई मध्येनजर गर्दै नियन्त्रणका लागि प्रभावकारी कदम चाल्ने बताउनु भएको छ । उनले जिल्ला प्रवेश सिमा नाकामा कोरोना नियन्त्रणको लागि पनि निगरानी बढाउने बताए ।
कार्यक्रमको संचालन भर्खरै आई पुग्नु भएका डिएसपी गोविन्द पुरीले गरेका थिए ।

तपाईको प्रतिक्रिया