राजेन्द्र महतो, लहान । प्रेस सेन्टर नेपाल केन्द्रिय कार्यसमिति काठमाडौले आयोजना गरेको एक कार्यक्रम बिच सिरहा जिल्लामा कार्यरत पत्रकारहरुलाई सुरक्षा सामग्री वितरण गरेको छ । सिरहाको गोलबजार नगरपालिका ७ पुरानो चोक चोहर्बा स्थित रहेका शान्ति निकुञ्ज अँग्रेजी आवसिय विद्यालयमा आयोजित कोरोना प्रकोप रोकथाम तथा बिषय छ्लफल तथा पत्रकार सुरक्षा सामग्री वितरण कार्यक्रममा प्रेस ज्याकेट, माक्र्स तथा पन्जा बितरण गरिएको थियो । जिल्लाका ८ जना पत्रकारलाई सो सामग्री वितरण गरेको थियो ।
लकडाउनका कारण पत्रकारहरुले बिभिन्न खालका झन्झट ब्यहोर्नु परेकाले उनीहरुको पहिचान संगै कामलाई सहज बनाउन प्रेस ज्याकेटले सहयोग पुग्ने प्रेस सेन्टरका केन्द्रिय अध्यक्ष लोकराज जैसीले बताए ।
प्रेस सेन्टर नेपालका अध्यक्ष जैसीले आम श्रमजीवि तथा जनपक्षीय पत्रकारहरुको हक, हित र अधिकारको पक्षमा निरन्तर आफ्नो संगठनले संघर्षको नेतृत्व गरिरहेको भन्दै सबै क्षेत्रमा रहेका, हरेक विधामा कलम चलाउने पत्रकारहरुलाई संगठनमा आवद्ध हुन समेत आह्वान गरेका थिए ।वहाँ ले संगठन हरेक पत्रकारहरुको लागि समस्याको विकल्प हुने र तमाम विषयवस्तुको बारेमा छलफलका माध्यमबाट निकास निकाल्ने साझाँ थलो भएको भन्दै संगठनको नेतृत्व बिना सामाजिक रुपमान्तरणको अभियानमा कलमजिविहरुको प्रयास अपुरो हुने भन्दै पत्रकारीता क्षेत्रका समस्या, भविष्य र सम्भावनाको लागि प्रेस सेन्टर नेपालले प्रसस्त छलफल सहित अघि बढ्ने बताएका छन ।
प्रेस सेन्टर नेपालका अध्यक्ष लोकराज जैसीले आम श्रमजीवि तथा जनपक्षीय पत्रकारहरुको हक, हित र अधिकारको पक्षमा निरन्तर आफ्नो संगठनले संघर्षको नेतृत्व गरिरहेको भन्दै सबै क्षेत्रमा रहेका, हरेक विधामा कलम चलाउने पत्रकारहरुलाई संगठनमा आवद्ध हुन आह्वान गरेका थिए ।
उक्त कार्यक्रममा अध्यक्ष जैसीसंगै प्रेस सेन्टर नेपालका जिल्ला कार्यालय समिति काठमाडौका अध्यक्ष पबिन लिम्बु ,शान्ति निकुञ्ज अङ्ग्रेजी बिधालयका संस्थापक राम प्रकाश महतो लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया