उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका– ५ श्रीपुरका ६९ वर्षिय वृद्ध लक्ष्मण काफलेको आफ्नै घरको बरन्डाबाट लडेर ज्यान गएको छ । अत्याधिक मादक पदार्थ सेवन गरि सुतेको काफले बिहान उठदा बरन्डाबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक (एसपी) बीरबहादुर बुढा मगरले जानकारी दिए । मृतकको शबलाई कानूनी कारबाही गरी परिवारको जिम्मा लगाएको प्रहरीले जानकारी दिइएको छ ।

तपाईको प्रतिक्रिया