उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका–१ जोगिदह धनगढीकी ६९ बर्षीया मधुमाया खत्री माछा पोखरीमा मृत फेला परेकी छन् । बुधवार बिहान त्रियुगा नगरपालिका–१ जोगीदह धनगढीमा रहेको माछा पोखरीमा खत्री डुबेर मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक (एसपी) बीरबहादुर बुढा मगरले जानकारी दिए ।
बाटोमा पर्ने माछा पोखरीमा खत्री डुबेको अवस्थामा स्थानीयबासीले देखेर प्रहरीलाई खबर गरेको थियो । छाती पोल्ने समस्या रहेकी खत्रीको पानीमा डुब्दा निको हुन्छ कि भनेर पोखरीमा पसेको हुन सक्ने स्थानीयबासीले अनुमान गरेको छ भने प्रहरीले खत्रीको शबलाई परिक्षणका लागि जिल्ला अस्पताल गाईघाट ल्याई पोष्टमार्डम गरेको र अन्य अनुसन्धान प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय उदयपृुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया