सुनसरी । सुनसरीको गढी गाउँपालिका ६ मा भएको ट्याक्टर दुर्घटनामा परी ट्याक्टर चालककको मृत्यु भएको छ । शुक्रवार दिउँसो साँढे २ बजेको समयमा सत्तेरझोडा स्थित कच्ची बाटोमा उत्तरबाट दक्षिण तर्फ ईट्टा बोकेर जाँदै गरेको को १ त ९६८९ नम्बरको ट्रयाक्टर आफै अनियन्त्रीत भई दुर्घटना हुँदा ट्याक्टर चालक दुहवी नगरपालिका ११ का २४ बर्षीय फुलचन ऋषिदेवको घटनास्थलमा नै मृत्यु भएको थियो । दुर्घटनामा परी ट्रयाक्टरका सहचालक २३ बर्षीय संजय पासवान घाईते भई उपचारको लागी जिल्ला अस्पताल ईनरुवा पठाईएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया