उदयपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरमा कार्यरत प्रहरी हवल्दार तिलक पौडेल बैशाख महिनाको १ नं. प्रदेशको उत्कृष्ठ ट्राफिक प्रहरी घोषित भएको छ । प्रदेश नं. १ ले सार्वजनिक गरेको उत्कृष्ठ प्रहरी जवानको सूचीमा पौडेल पनि पर्न सफल भएको हो ।
विभागिय नीति निर्देशन बमोजिम व्यवसायकि ढंगबाट लगनशिल एवं कर्तव्यनिष्ठ तबरले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड–१९ (कोरोना भाइरस) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि संक्रमित क्षेत्र त्रियुगा नगरपालिका ३ भुल्केमा गई जनचेतनामूलक सन्देश सम्प्रेषण गरेको हुँदा बैशाख महिनाको उत्कृष्ठ ट्राफिक प्रहरी घोषित भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका इन्चार्ज होम खनालले जानकारी दिए ।संक्रमित इलाकामा घर घरमा गई जनचेतनामुलक सन्देश सम्प्रेषण गरी तपाईको सुरक्षाको सुरक्षाको लागि हामी बाहिर छौं, तपाई घर भित्रै बस्नुहोस, अत्यावश्यक सामान लिन जाँदा माक्स, पन्जाको अनिवार्य प्रयोग गरी एक आपसमा सामाजिक दुरी कायम गर्नुहोस भनि प्रत्येक व्यक्तिलाई सम्झाउने कार्य गरेकोमा उत्कृष्ठ ट्राफिक प्रहरी घोषित भएको इन्चार्ज खनालले जानकारी दिए ।
लकडाउनको समयमा अनुमति लिई वा नलिई संचालन भएका सवारी साधनका चालक, परिचालक समेतलाई कोरोना भाइरसबाट सुरक्षित रहने उपायको बारेमा सडकमै जनचेतना अभिवृद्धि गराउने कार्यमा सक्रियता देखाई प्रशंसनिय कार्य गरेकोले बैशाख महिनाको उत्कृष्ठ ट्राफिक प्रहरी घोषित भएको हो ।

तपाईको प्रतिक्रिया