उदयपुर । जिल्लाको लिम्चुङबुङ गाउँपालिका २ की १३ बर्षिय बालिकालाई बाख्रा चराउन गएको समयमा जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक युवक पक्राउ परेको छ । बैशाख ३१ गते जबरजस्ती करणी गर्न खोजेको आरोपमा सोही ठाउँका १८ वर्षिय अभिषेक खत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख (एसपी) बीर बहादुर बुढा मगरले जानकारी दिए ।
खत्री बिरुद्ध जेठ ९ गते जिल्ला प्रहरी कार्यालयमा जबरजस्ती करणीको प्रयास गरेको भन्दै पीडितको अभिभावकले जाहेरी दिएपछि पक्राउ परेको प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ ।

तपाईको प्रतिक्रिया