उदयपुर । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारले पटक पटक गरी जेष्ठ २० गतेसम्म देशभर ‘लक डाउन’ गरेको भएपनि बैंकहरु भने पूर्णरुपमा बन्द भएका छैनन् ।
कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले ‘लक डाउन’ गरेको अवस्थालाई मध्यनजर गर्दै बैंकहरु केही समयको लागि खुल्ला गरेको छ ।
यस्तै त्रियुगा नगरपालिकामा कुन बैंक कुन समयसम्म खुल्ला हुने तालिका नै सार्वजनिक गरेको छ । बैंकहरुका कर्मचारीहरु पनि उच्च जोखिम रहेको भन्दै विहान १० बजेदेखि दिउँसो १ बजेसम्मका लागि त्रियुगा नगरपालिकाले साप्ताहिक तालिका नै बनाएर बैंकहरुलाई खुल्ला गर्न जानकारी गराइएको छ । विश्व स्वास्थ्य संगठनले सुझाएका सतर्कता सहित सेवा प्रदान गर्न बैंकहरुलाई आग्रह गरिएको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले जानकारी दिए ।
हेर्नुस् कुन बैंक कुन कुन दिन खुल्ने

Image may contain: text

तपाईको प्रतिक्रिया