उदयपुर । कोरोनाले विश्व आक्रन्त पारिरहेको अवस्था नेपाल पनि यसको भागेदार बनेको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केमा पनि केहि समय एता नेपालकै ठूलो संख्यामा कोरोना संक्रमण फैलिएपछि देशमा तहल्कै मच्यायो । यो अवस्थामा स्थानीय सरकारले चुनौतीको रुपमा रहेर काम गरेको छ ।
जिल्लाको त्रियुगा नगरपालिकाले १७ हजार ३ सय २३ घर परिवारलाई ज्याला मजदुरी गर्ने अतिविपन्न परिवारलाई राहत वितरण गरेको छ ।
नगरपालिकाले ३ लाख ६ हजार ५ सय ४० केजी चामल, २३ हजार ३ सय ६९ केजी दाल, ३८ हजार ७ सय ५९ केजी नून, १३ हजार ५ सय ३० लिटर तेल, १५ हजार ३ सय ३८ वटा साबुन र १२ हजार ६ सय ३२ वटा माक्स गरी २ करोड बराबरको राहत सामग्री वितरण गरेको पत्रकार सम्मेलन गरी जानकारी दिईएको हो ।
राहत सामग्रीहरु मध्ये सवैभन्दा बढी त्रियुगा नगरपालिका वडा नंं. १२ मा २१ लाख १५ हजार बराबरको राहत वितरण भएको छ भने सवै भन्दा कम वडा नं. १३ मा ७ लाख २५ हजार ५०० सय रुपैया बराबरको राहत सामग्री वितरण भएको पत्रकार सम्मेलनमा मेयर बलदेव चौधरीले जानकारी दिए ।
यस्तै वडा नं. ३, ७, ८ र १४ मा दश–दश लाखको सामग्री वितरण गरिएको छ भने त्यस बाहेकका वडाहरुमा ११ लाख बढी रकम बराबर राहत सामग्री वितरण गरिएको मेयरले पत्रकार सम्मेलनमा जानकारी दिए ।
यस्तै त्रियुगा कोरोना राहत कोषमा नगरपालिकाको २ करोड र अन्य संघ संस्थाबाट १४ लाख ७० हजार भन्दा बढी रकम जम्मा भएको मेयर चौधरीले जानकारी दिए । उनका अनुसार कसैले आफुखुशी राहत वितरण गरेको बारेमा नगरपालिकामा कुनै जानकारी नभएकोले त्यसको छानविनको लागि जिल्ला प्रशासन कार्यालयलाई पत्रचार गरिएको बताए । जिल्ला प्रशासन कार्यालय यसबारे चाँडै जानकारी गराउने बताएको मेयर चौधरीले बताए ।
पत्रकार सम्मलेनमा बोल्दै मेयरले प्रत्येक वडाका वडाध्यक्षहरुलाई नै राहत सामग्री खरिद गर्ने देखि वितरण गर्नेसम्मको अधिकार दिईएको बताए ।
त्रियुगा नगरपालिकाले तत्काल यसको रोकथाम र नियन्त्रण सहित मानिसको बैज्ञानिक सन्त्रासलाई नियन्त्रण गर्न विभिन्न कार्यहरु अघि बढाएको त्रियुगा नगरपालिकाको मेयर वलदेव चौधरीले जनाएको छ ।
उदयपुरमाको भुल्केमा ठुलो संख्यामा कोरोना फैलिएपछि नगरले तत्काल प्रदेश र संघको समन्वयमा नेपाली सेनाको टोलीबाट तत्काल भुल्केबासीहरुको स्वाव परिक्षण गराउने काम भएको चौधरीले बताए ।
चौधरीले अहिले नगरले यसको रोकथाम र नियन्त्रणमा पूर्ण रुपले लागि परिरहेको र यो अवधिमा स्वास्थ्य सेवा, राहत वितरण, र पूर्नस्थापनको कार्यलाई प्राथामिकतामा राखि काम गरिएको बताए ।
नगरले बिषेश गरी रोगको रोकथाम गर्न अग्रिम रुपमा सूचना सन्देश ब्यापक बनाएको छ । बिभिन्न संञ्चार माध्यम तथा ब्यानर पम्पल्लेट, माइकिङ, जस्ता माध्यमबाट यसको प्रचार प्रसारमा तिब्र बनाएको हो । व्यक्तिगत सरसफाई, औषधि छर्ने, विदेशबाट आएकाहरुको विवरण संकलन, क्वारेन्टाइन र एकान्तवासको काममा पनि नगरले काम गरेको बताए ।
नगरले यो अवस्थामा संकट परेका कृषक तरकारी, दुध जस्ता वस्तुको पनि उपभोगमा सहयोग पुराएको छ । नगरले करिब ५ कुइन्टल बराबरको कांक्रा, लौका, पर्सि र खरबुजा जस्ता तरकारीहरुको जिम्मा लिएर बेच्ने कार्य समेत गरेको बताएको छ । साथै १ लाख १४ हजार बराबरको दुध पनि नगरले जिम्मा लिएको बताएको छ ।
यसैगरी नगरले त्रियुगा नगर राहतकोष स्थापना गरी बिभिन्न व्यक्ति संघ संस्था, ब्यापारी, निर्माण व्यवसायी संघ, बन, बैँङक, कृषि, महिला समूह, यातायात, बिद्यालय, सँगठन तथा महासंघ लगाएत बाट प्राप्त रकमलाई खाद्यन्न राहत, स्वास्थ्य सामाग्री, भौतिक सामाग्रीहरुमा व्यवस्थापन गर्दै आइरहेको जनाएको छ ।
नगरले यो अवस्थामा हुने कालोबजारी, मिलेमतो जस्ता कार्यहरुलाई रोक्न बजारको अनुगमन पनि गरेको नगर प्रमुख चौधरीले बताए । चौधरीले काठमाण्डौँमा रहेका करिब २०० जना उदयपुरे जनताहरुलाई पनि खाद्यन्न वितरण गरेको बताए ।









