खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा बस्ने शुक्र रोक्काको १४ बर्षीया छोरी अम्बिका रोक्काको खालाले बगाएर मृत्यु भएको छ । सोमवार दिउँसो बाख्रा चराउन खोला तर्फ गएको र फर्केदा बाटोमा पर्ने साप्सु खोला तर्ने क्रममा अचानक बाढीले बगाई बालिका बेपत्ता भएको थियो । बेपत्ता बालिकालाई प्रहरी चौकी चिउरीडाँडाबाट खटिएको प्रहरी टोली र स्थानीयवासी समेतले खोजतलास गर्ने क्रममा बगाएको स्थान भन्दा करिव १ किलोलमिटर तल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया