उदयपुर । जनताको जीउधन र राष्ट्रको सुरक्षाको निम्ति खटिने सुरक्षाकर्मीबाटै कुटपीट भएपछि उदयपुरको बेलका नगरपालिका ३ नेवारेटोलका १९ बर्षिय अनुराग श्रेष्ठ न्यायका लागि भौतारिएका छन् ।
बैशाख ९ गते राती इलाका प्रहरी कार्यालय रामपुरबाट साधापोसाकमा आएका प्रहरी जवानद्धय सत्यनारायण चन्द वंशी र नरबहादुर कार्कीले आफु र ५५ बर्षिय वुवा कुमार श्रेष्ठमाथि अन्धाधुन्द कुटपिट गरेको बताएका छन् । उनले भने, ‘वुवा र म राती ढोका लगाएर सुतिसकेका थियौ करिव १२ बजेको समयमा आाएका प्रहरीले हामी प्रहरी हौँ ढोका खोल भने, राम्रोसँग खोल्न नपाई जाईलागे ।’
‘एक्कासी वुवामाथि पहिलो प्रहार भयो,’ उनले भने, ‘किन वुवालाई कुटपिट गरेको भन्दा आमालाई निकाल्ने त हैनस भन्दै मुक्का प्रहार गरे ।’ ‘कुरै नबुझी छलफल नी नगरी अन्धाधुन्ध मुक्का प्रहार भयो, हामीले कुनै प्रतिबाद गर्न पाएनौ, वाउँ छोरै ढलेपछि आमालाई राखिनस भने फेरी आएर कुटछौ भन्दै हिडे ।’ उनले सुनाए ।
‘जनताको सुरक्षाको निम्ति खटिने प्रहरीबाटै यस्तो व्यवहार भयो भने को सुरक्षित हुने,’ अनुरागले भने, ‘बरु गाली गरेका भए हुन्थ्यो, सिधै कुटपिट भयो, त्यसैले आफु अन्यायमा परेको ढानेर तपाईहरुसँग आएको हु ।’ कुटपिट गर्ने प्रहरी विरुद्ध उनले इलाका प्रहरी कार्यालयमा निवेदन दिएका छन् ।
निवेदन बोकेर बेलका नगर प्रमुख दुर्गाकुमार थापाको कार्यकक्ष पुगेका अनुरागलाई नगर प्रमुखले प्रहरीको निकायमा निवेदन दिनु, त्यहाँबाट कारवाही नभए अन्य निकायमा जान सुझाब दिएको उनले बताए । नगर प्रमुख थापाले प्रहरीले ज्याजती गरेको बताए ।
कुटपिटको बिषयमा इप्रका रामपुरका इन्स्पेक्टर रामचन्द्र साहले स्वीकार गरे । जवान द्धयले कुटपिट गरेको वचाउ गर्दै उनले भने, ‘राती ११ बजे मलाई घरबाट वुवा र छोरा मिलेर निकाले भन्दै आमा रुँदै प्रहरीकोमा आईन्, त्यसपछि घर गएर ढोका खोल्न आग्रहगर्दा नमानेपछि हातपात गरेको हो ।’ंं उनले सामान्य बिषय भएकाले मिलापत्र गरिने बताए ।
‘एउटालाई न्याय दिँदा अर्कोलाई अन्याय गर्नै पर्दो रहेछ,’ उनले भने, ‘महिलामाथि अन्याय भएकाले दुई चार थप्पड हानेको हो । अंश लिएर अलग्यै घरमा बस्दै आएकी आमा निहुँ खोज्दै आएकाले झगडा गर्नुभन्दा बरु आफुहरु ढोका थुनेर भित्र बस्नु नै बेस सम्झेर भित्रै बसेको अनुरागले बताए ।









