राजेन्द्र महतो, लहान । जिल्लाको सिरहा नगरपालिका–१७ स्थित पटेर्वामा प्रहरी र स्थानीयबीच सोमबार साँझ ८ बजेतिर झडप भएको छ ।स्थानीयले लकडाउन अवज्ञा गर्न खोजेपछि प्रहरीले सडकमा रहेका स्थानीय रामकुमार यादवलाई सम्झाउँदा नमानेपछि कुटपिटपछि झडपको स्थिति पैदा भएको हो ।

स्थानीयहरुले प्रहरीको भ्यानमा ढुंगामुढा गरेको र प्रहरी प्रयोग गर्ने सामग्री लट्टी समेत खोसेका थिए । स्थानीयको ढुंगामुढाबाट जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी विनोद घिमिरे लगायत चारजना घाइते भएका छन् ।
‘लकडाउन’ पालना गराउन गएको प्रहरीमाथि अचानक ढुंगामुढा भएपछि स्थिति नियन्त्रणमा लिन २३ राउण्ड हवाई फायर गर्नुपरेको सिरहाका एसपी उमाप्रसाद चुतुर्वेदीले जानकारी दिए । स्थिति नियन्त्रणमा लिई ढुंगामुढामा संलग्न व्यक्तिको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । एसपी चतुर्वेदीका अनुसार अवदेखि लकडाउन अवज्ञा गरेमा सिधै मुद्धा चलाउने समेत चेतावनी दिएका छन् ।

तपाईको प्रतिक्रिया