उदयपुर — जिल्लाको कटारी नगरपालिका १ बेलस्रोतको नेपाली सेनाको रणसार्दुल गण, बोक्से अन्तर्गतको सुरक्षा गुल्ममा रहेका २६ जना आइतबार घर पठाइएको छ । क्वारेन्टाइनमा बसेको १८ दिनपछि आइतबार गाउँ जान पाएका हुन् । क्वारेन्टाइनमा रहेका सबैजनाको स्वाप परिक्षणको रिपोर्ट नेगेटिभ अर्थात कारोना भाइरस संक्रमित नभएको पुष्टि भएसंगै गाउँ पठाइएको हो । क्वारेन्टाइनमा भारतको विभिन्न ठाउँबाट आएका उनीहरुलाई चैत १२ गते राती राखिएको थियो । गते २६ गते क्वारेन्टाइनमा बसेको १४ दिन पुगेपछि सबैको स्वाप परिक्षणका लागि नमुना संकलन गरी विपी कोइराला विज्ञानन प्रतिष्ठान धरान पठाइएको थियो । सबैको स्वाव परिक्षण रिपोर्ट नेगेटिभ आएपछि आइतबार सबैलाई गाउँ पठाइएको छ ।
उनीहरुलाई सम्बन्धीत स्थानीय सरकारको जनप्रतिनिधिको रोहबरमा घर पठाइएको रण सार्दुल गणका गणपति अर्जुन बोहोराले बताए ।
नियमित स्वस्थ्य परिक्षण, खानपान, सरसफाइ तथा अन्य सबैखाले व्यवस्थापनका साथ राखिएका २६ जना सबैको स्वस्थ्य अवस्था सामान्य रहेको थियो । ३ जना महिला थिए । क्वारेन्टाइनमा ताप्ली गाउँपालिकाको १६ जना, उदयपुरगढी गाउँपालिकाको ३ जना, त्रियुगा नगरपालिकाको ३ जना, लिम्चुबङबुङ गाउँपालिकाको ३ जना र एक जना रौतामाई गाउँपालिकाका रहेका थिए । उनीहरु सवै भारतको सिलिगुडी हुँदै नेपाल आएका थिए ।
सम्बन्धीत स्थानीय तहका जनप्रतिनिधिको रोहबर तथा जिम्मेवारीमा गाउँ पठाइएको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । गाउँमा अझ एक हप्तासम्म होम क्वारेन्टाइनमा बस्ने सर्त सहित पठाएको मेयर श्रेष्ठले जानकारी दिए । होम क्वारेन्टाइनमा स्थानीय सरकारको निगरानीमा रहने बताइएको छ ।

तपाईको प्रतिक्रिया