उदयपुर । उदयपुर जिल्ला अदालतले श्रीमती हत्याका आरोपित अभियुक्तलाई १० वर्ष कैद सजायको फैसला सुनाएको छ । श्रीमतीको हत्या आरोपमा पुर्पक्षका लागि थुनामा रहेका बेलका नगरपालिका ५ का ३५ वर्षीय तीर्थराज पुलामीमगरलाई बिहीबार बसेको अदालती पैmसलाले १० वर्ष कैद सजाय सुनाएको हो ।
जिल्ला न्यायाधीश मनोज केसीको एकल इजलासले ३२ वर्षीया श्रीमती सञ्जु पुलामीको हत्या आरोप ठहर गर्दै मगरलाई १ लाख रुपैयाँ जरिवानासहित १० वर्ष कैद सजायको फैसला सुनाएको हो । एकदिन अघिल्लो राति श्रीमानको कुटाईबाट गम्भीर घाइते सञ्जुको ०७६ भदौ ३ गते उपचारको क्रममा बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।
घरायसी झगडाको क्रममा श्रीमानले चिर्पट प्रहार गर्दा सख्त घाइते सञ्जुको मृत्युपछि उनीविरुद्ध उनका माईती पक्षले भदौ ३ गते नै इलाका प्रहरी कार्यालय रामपुरमा जाहेरी दिएका थिए । जाहेरीका आधारमा प्रहरीले कसुरदारलाई पक्राउ गरी अनुसन्धान अघि बढाउँदा अदालतले भदौ ३० गते मगरलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

तपाईको प्रतिक्रिया